images

क्यानको बैठकमा विश्वकपको समिक्षा भयो ?

काठमाडौं । नेपालीक्रिकेट टिमले आइसीसी टी–२० विश्वकपक्रिकेट खेलेर फर्किए पछि नेपालक्रिकेट संघ क्यानको विहीबार केन्द्रीयकार्यसमितिको बैठक बसेको थियो । 
आइसीसी टी–२० विश्वकप खेल्नकालागि अमेरिका र वेस्टइन्डिजमा भएका बेलाक्यानको विवादहरु पनि सार्वजनिकभएकाथिए ।
तीविवादहरुको बारेमा क्यानको बोर्ड बैठकमा छलफल भएको छ । छलफलपछि पदाधिकारी र केन्द्रीय सदस्य र जिल्लाअध्यक्षसम्मलाई स्पष्टीकरण सोध्नेसम्मको निर्णय भएको क्यानका सचिवपारस खड्काले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।
क्यानले बोर्ड बैठकका लागिपहिला नै डेढ दर्जन जति एजेन्डाहरु तय गरेको थियो भने, अप्सरी बेगमको निलम्बन र आदिलअन्सारीको निलम्बनफुकुवाप्रक्रियाको एजेन्डा भने पछि थपिएकाथिए ।
बोर्ड बैठकका लागिक्यानले आइसीसी टी–२० विश्वकपक्रिकेटको समिक्षा र सोहीविश्वकपको तयारी खर्च अनुमोदनको एजेन्डलाई पहिलो र दोस्रो स्थानमा राखेको थियो । तर, उक्तएजेन्डामा छलफल पछि के निर्णय भयो भनेर क्यानले सार्वजनिक गरेको छैन ।
पक्कै पनिआइसीसीविश्वकपक्रिकेटको समूह चरणबाटै नेपालबाहिरिए पछि अहिले पनि सामाजिक सञ्जालदेखि विभिन्नफोरममा टिमको प्रदर्शनकाबारेमा टिप्पणीहरु भइरहेका छन् । 
कतिले प्रशिक्षकको विषय उठाएका छन् भने कतिले टिम स्क्वाड र कप्तानकै विषयमापनि टिप्पणीहरु गरि रहेको भएपनिक्यानको बोर्ड बैठकले भने यस विषयमा केहीपनि निर्णय गरेको छैन । 
क्यान स्रोतकाअनुसार  नेपाली टिमलाई अब रणनीतिकरुपमा अघि बढाउन ढिला गर्न नहुने भन्दै अधिकांशधारणा राख्नेहरुले सुझावदिएका छन् । 
रणनीतिक भनेको प्रशिक्षक र टिममा रहेका खेलाडीहरुकै विषयमा समिक्षा गर्नु पर्नेमा उनीहरुको जोड छ । वर्तमानप्रशिक्षक मोन्टी देशाईको कार्यकाल २०२५ को फेब्रुअरीसम्म रहेको छ । 
उनको विकल्पखोज्नु पर्नेसम्मकाआवाजहरु उठे पनिक्यानले भने यस विषयमाकुनै निर्णय गरेको छैन ।  यसैगरी कप्तान रोहितपौडेलको नेतृत्वको विषयमापनि केही कुराहरु आएको पनि स्रोतले जनाएको छ । 
अब फेरि आइसीसी एक दिवसीयविश्वकपलिग टू को सिरिजहरुको तयारी गर्नु पर्ने भएकाले क्यानले प्रशिक्षक र खेलाडीहरुका विषयमा केहीपनिधारणा बाहिर नलाएपनिआन्तरिकरुपमा केहीनसियतभने दिने तयारीमा रहेको बुझिएको छ ।
यस्तै, विश्वकपको तयारी खर्च अनुमोदनपनिभएको छैन । खर्चको सबै विवरणहरु पेश नभइसकेकाले अहिलेको अवस्थामाअनुमोदन गर्ने प्रस्तावलाई थाँती राखिएको स्रोतले जनाएको छ ।

आइतबार​ २३ असार २०८१ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया