images

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

काठमाडौं । कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमाप्रवेश गरेको छ । 
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत आइतबार विहानभएको खेलमापानामामाथि ५–० गोलको एकतर्फी जितनिकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थानपक्का गरेको हो । 
पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरु २ गोलथपेको थियो ।
जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल गर्दै अग्रतादिलाएकाथिए । १५औं मिनेटमा कोलम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो । 
कोलम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरेका थिए । ४१ औंमिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा ३–० को अग्रतालियो ।
दोस्रो हाफको ७० औं मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बियाएकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो । 
अतिरक्त समयको चौथो मिनेटमा कोलम्बियाकालागिमिगुएलब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५–० का निस्कनपुग्यो ।
कोलम्बियाले सेमिफाइनलमाब्राजिल र उरुग्वेको विजेतासँग खेल्ने छ ।
 

आइतबार​ २३ असार २०८१ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया