काठमाडौँ - मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा रहेको थियो।
यस्तै, युरोपियन युरोको भाउ घटेर खरिददर १३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ। सोमबार युरोपियन युरोको खरिददर १३९ रुपैयाँ १५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७८ पैसा रहेको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा ,अष्ट्रेलियन डलर एकको खरिद ८८ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४८ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६२ पैसा र विक्रीमा १० रुपैयाँ ६६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ , कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २० पैसा र बिक्रीदर २९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।