images

अमेरिकी डलर, युरो र पाउण्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। आजअमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ। त्यसैगरी,  यूरो एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायमभएको छ। जापानीयेन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम छ। राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायमभएको राष्ट्र बैंकले जनाएको छ । 
 

शुक्रबार​ २१ भदौ २०८१ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया