images

तीजपर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यगर्ने सभामुख घिमिरेको विश्वास 

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीतिअन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । हरितालिकातीजको अवसरमा शुक्रबार शुभकामना जारी गर्दैसभामुख घिमिरेले हिन्दू महिलाले महादेवको पूजाआराधनागरी मनाउने हरितालिकातीजले समतामूलक समाजनिर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामनाव्यक्तगरेका छन् । ‘तीजबालीनाली रोपिसकेपछि फुर्सदको समयमामनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतनाअभिवृद्धि गर्नका लागिपनि महत्वपूर्ण रहेको छ । लैङ्गिकतथापारिवारिक विभेदलाई तीजकाअवसरमा विभिन्नमाध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो, तसर्थ तीजमहिलाजागरणको सन्देश फैलाउने धार्मिक चाड पनिहो,’ सभामुख द्धारा जारी शुभकामना सन्देशमाउल्लेख छ । उनले सनातनदेखि आस्थाको धरोहरका रुपमा रहेका हाम्रा चाडपर्वमा विविधताभित्रको एकता उद्घाटित हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदानयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी उनको भनाइ छ । उनले मौलिकपर्वलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समय क्रममाविकास भएकाकतिपय तडकभडकको शैलीभने त्याग्न जरुरी भएको उल्लेख गरेका छन् । 
 

शुक्रबार​ २१ भदौ २०८१ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया