images

भक्तपुरको प्रत्यारोपण केन्द्रको गेट अगाडि स्थानीयद्वारा प्रदर्शन

भक्तपुर ।भक्तपुरको शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमाभएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलन जारी राखेका छन् । शुक्रबार दिउँसो अस्पतालको गेट अगाडि भेलाभएका स्थानीयले व्यानरसहितप्रदर्शन गरे ।
विहीबार जिल्लाप्रशासनकार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्रबुझाएकाउनीहरुले शुक्रबार आन्दोलनलाई निरन्तरतादिएकाहुन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथितितत्कालअन्त्य गर्न माग गरिएको छ । विगतलामो समयदेखि केन्द्रमाभइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिकतथालिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनिहाल मुटु सम्बन्धीउपचार नभइरहेको र दैनिकदुईदेखि चारजनानागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदापनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथिगम्भीर प्रश्न उठेको आन्दोलनकारीले बताएका छन् । केन्द्रमा सरकारले मुटुकै उपचारको लागिअर्बौ रकमलगानी गरिसकेको छ साथै वार्षिक करोडौंको रकम परिचालनभई रहेको अवस्थामानागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगततथामनोमानी ढंगले देखावटी खर्चको लागिमात्रभइरहेको आन्दोलनकाअगुवाचन्द्रलाल सुवालले बताए । उनले अस्पतालमा किड्नीको मात्रप्रत्यारोपण भइरहेको तर मानवअंगकाअन्यशिर्षकमाआइरहेको बजेटमा अनियमितताभइरहेको आशंकाव्यक्त गरे । यसअघि स्थानीयले बुधबार स्थानीयबासीले अस्पतालको गेट अगाडि आन्दोलन गरेका थिए । अस्पतालमाकर्मचारी नियुक्ति, चिकित्सकीयजिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमाआफूखुशी गरेको भन्दै आन्दोलन गरेका थिए । भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनीतरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्बपुनःबहाली गर, मुटु, कलेजो, मृर्गौलाफोक्सो तथानशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर,सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर,कर्मचारीहरूको रोकिएको तलब सुविधातुरुन्तै भुक्तानीगरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए । शुक्रबार पनि सोहीकागहरु राखेर प्रदर्शन गरेका छन् । ६० वर्ष उमेरहद नाघिसक्दापनि मानवअंगप्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशकनियुक्तभएका डा.पुकारचन्द्र श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनिआन्दोलन गर्दै आएकाथिए । कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधनगर्दै चार वर्षका लागिनियुक्तिहुँदा उमेर हदनलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ ।
 

शुक्रबार​ २१ भदौ २०८१ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया