images

तीजपर्वले हरेकक्षेत्रमामहिलाको समानपहुँचलाई अझ सशक्तबनाउन सहयोग गर्छ ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमाभ्रातृत्व, सदाचार, आपसीएकता र सामाजिक सद्भावकायम गर्न महत्वपूर्ण भूमिकानिभाएको बताएका छन् । तीजको अवसरमा शुक्रबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, कहिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाजनिर्माण गर्न तीजले सबैमा नयाँउत्साह र जाँगर प्रदान गर्ने अपेक्षालिएको उल्लेख गरेका हुन् । राष्ट्रपति पौडेलले तीजपर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमामहिलाको समानपहुँचलाई अझ सशक्तबनाउँदै सामाजिक, सांस्कृतिकतथापारिवारिक एकता र सम्बन्धथप सुमधुर बनाउन सहयोग पुगोस् भनीशुभकामनाव्यक्त गरेका हुन् । ‘नेपालीहिन्दू महिलाहरूको महान् चाड तीजको सुखदअवसरमा स्वदेश तथाविदेशमा रहनुभएका सम्पूर्ण नेपालीमहिलादिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भावकायमहोस् भनीहार्दिक शुभकामनाव्यक्तगर्दछु’, राष्ट्रपतिको शुभकामना सन्देशमाउल्लेख छ ।
 

शुक्रबार​ २१ भदौ २०८१ १०:२० AM मा प्रकाशित

प्रतिक्रिया