images

मौसमपूर्वानुमान ः यी चार प्रदेशमाभारी वर्षा हुने

काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीयरेखापश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ। हालदेशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीप्रदेशकाथोरै स्थानहरू र बाँकीप्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहितहल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौंउपत्यकामापनिबिहीबार रातिदेखि नै वर्षात् भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागकाथोरै स्थानहरूमाहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णालीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ। रातिदेशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागकाथोरै स्थानहरूमाहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले नियमितबुलेटिमार्फत जानकारी दिएको छ।
 

शुक्रबार​ २१ भदौ २०८१ १०:२४ AM मा प्रकाशित

प्रतिक्रिया