images

जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरणका लागि १ करोड वृक्षारोपणको संकल्प

काठमाडौं । ‘एकवृक्ष राष्ट्रको नाममा’भन्ने नारासहित देशव्यापीएक करोड वृक्षारोपण अभियानको सुरु भएको छ । जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे । काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखालउद्यानमाकायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको हो । 
कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै वनमन्त्रीशाहीले सरकारले कार्यक्रमलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता समेत व्यक्तगरे । सरकार समेत वर्तमानप्राकृतिकविपद्का घटनाप्रति गम्भिर भएको भन्दै वृक्षारोपणले समस्या समाधानमावहुआयामिकलाभ पु¥याउने शाहीले बताए । यस्तै, अभियान सुरु गरेको भगवतीमानव कल्याण संगठनले विगत १६ बर्षदेखि नेपालमाभय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्तचरित्रवान समाजनिर्माण गर्ने लक्ष्यलक्ष्यअन्तर्गत विविधकार्यक्रमको आयोजनागर्दै आएको छ। संगठनले चलाएको नशामुक्तिअभियानमाहालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको संगठनले दाबी गरेको छ । संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापीअभियानअन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीकाविविधकार्यक्रमको आयोजनागर्दै आएको छ ।
 

मङ्गलबार २२ साउन २०८१ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया