भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ जना नपालीको खोजी कार्य जारी, ३ जनाको पहिचान 

काठमाण्डौँ - रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ ।
एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन् । जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए। जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ । दुर्भाग्यवश रुद्रप्रयाग देशका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ । विगत तीन चार दशकमा जिल्लामा भएका पहिरोमा परी हजारौंको ज्यान गएका वा बेपत्ता भएका प्रमुख घटनाहरू यसको प्रमाण हुन् ।