रामेछाप । खाँडादेवीगाउँपालिकामा वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश स्थानीय सडक बिगारेको छ । बाढी पहिरोले सडक बिगारेर यातायात साधन ठप्प भएपछि सडक खुलाउनगाउँपालिकातथा वडाध्यक्षहरू लागेका छन् । बाढीका कारण अवरुद्ध भएका खाँडादेवी–३ का विभिन्न सडक खुलाउने कार्य जारी छ । सो क्रममासित्खा–आँपचौर–रायगाउँबाट खाँडादेवीमन्दिर हुँदै जाने सडकका विभिन्नअवरोध हटाएर खुल्ला गरिएका छ । कतिपय स्थानमा मान्छे र पशुबस्तु समेत हिँड्न नसक्ने गरी बिग्रिएको सडक जेसीबीलगाएर मर्मत गरिएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए । यसैगरी भिरपानीबाट मझुवाजाने सडकको अवरोध पनि हटाउने कामभएको उनले बताए । वडाका अधिकांश सडक बढी पहिरोले बिगारेकोले क्रमशःअवरोध हटाएर सडक खुलाउँदै लैजाने कार्कीले जानकारी दिए । बाढी पहिरोले क्षति पुर्याएको वडा नं ८ र ९ का सडक पनि मर्मत भइरहेका छन् । ती सडकमा बाढी पहिरोले पुर्याएको अवरोध हटाउन वडाध्यक्ष लगायत स्थानीयतहकाजनप्रतिनिधिहरू लागिरहेका छन् । सो गाउँपालिकाका नौवटै वडाका सडकहरू बाढी पहिरोको कारण अवरुद्ध भएका छन् । अवरुद्ध भएका सबै सडकहरू क्रमशःखुलाइने गाउँपालिकाअध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । ‘बाटो सबै खुलाउने हो, तर ठुलो पानीआयो भने फेरि उस्तै हुने सम्भावना छ, तथापितत्कालकालागि सबै सडक यातायात साधनचल्न सक्ने गरी मर्मत गर्छौँ’, उनले भने ।
प्रतिक्रिया