images

शहरलाई बस्न योग्यबनाउनकालागि धेरै काम गर्न बाँकी छ ः उपप्रधानमन्त्री सिंह 

काठमाडौं । उपप्रधानएवं शहरी विकासमन्त्रीप्रकाशमान सिंहले केही गर्नकै लागि संसदकादुई ठुला दल नेपालीकांग्रेस र नेकपाएमाले मिलेर सरकार गठन भएको बताएका छन् । मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममामन्त्री सिंहले यस्तो बताएकाहुन् । उनले सरकारमा जानकालागिमात्र यो सरकार नबनेको पनिबताए । ‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठुलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ । सरकारमा जानकालागिमात्र यो गठबन्धन बनेको होइन,’उपप्रधानमन्त्री सिंहले भने ,‘संसदमा सम्माननीयप्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यकाबारेमा धेरै कुरा बताइसक्नुभएको छ । सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो । ’त्यस्तै उपप्रधानमन्त्रीसिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्यबनाउनकालागि गर्नुपर्ने काममाविशेष ध्यानदिने पनिबताए । शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनकालागिमन्त्रालयले काम गरिररहेको उनको भनाई थियो । देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या,फोहोरमैलाव्यवस्थापनका समस्या, खुलाजग्गाको अभावलगायतकाविषयमाध्यानदिने भन्दै उनलेृमन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धिनीतिआवश्यक्ताअनुसार समायसापेक्ष बनाउने पनिबताए ।
 

मङ्गलबार २२ साउन २०८१ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया