मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ३६ करोड, वितरणयोग्य नाफा र ईपीएस कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको कम्पनीले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १.६४ प्रतिशत बढी हो । अघल्लिो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ३४ करोड १८ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.१४ प्रतिशतले बढेर ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ३२ करोड ९७ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १.८३ प्रतिशतले बढेर १ अर्ब ९६ करोड ६४ लाख ५३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब ९३ करोड १० लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ, वितरण योग्य नाफा ६४ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ ।