images

यस्तो छ मंगलबारको विदेशीमुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागिविदेशीमुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ। आजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसा पुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

मङ्गलबार २२ साउन २०८१ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया