नागढुंगाको सहायक सुरूङ मार्ग भोलि 'ब्रेक थ्रु' गरिने 

काठमाण्डौँ - नागढुंगा सुरूङ मार्गको सहायक इभ्याकुएसन सुरूङ भोलि ब्रेक थ्रु हुने भएको छ । 

आयोजना प्रमुख नवीनमान श्रेष्ठले सुरूङ भोलि ४ बजे ब्रेक थ्रु गर्ने बताए । 

इभ्याकुएसन सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ । यो सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोग गरिन्छ ।