मेक्सिकोमा बस दुर्घटना, एक वर्षीय बालकसहित २९ जनाको मृत्यु

काठमाण्डौँ  - मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति एउटा बस ८० फिट अग्लो खाडलमा खसेको छ । उक्त दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो ।

ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्छ ।