images

वार्नर र स्टोइनिसको अर्धसतकीय प्रर्दशनमाअष्ट्रेलियालेआमानलाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ओमानले १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।
अस्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए । यसैगरी डेभिड वार्नरले पनि ५१ बलमा ५६ रनको अर्धशतकीय पारि खेले । उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए । ट्राभिस हेडले १२ रन बनाउँदा कप्तान मिचेल मार्सले १३ रन बनाए । ग्लेन म्याक्सवेल गोल्डेन डकआउट हुँदा टिम डेभिडको ब्याटबाट ६ रन आएको थियो ।
ओमानका  मेहरन खानले २ विकेट लिँदा विलाल खान, कलिमुल्लाहले १–१ विकेट हात पारे ।
 

बिहीबार २३ जेठ २०८१ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया