कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै, राजीनामा दिने मन्त्रीहरूको तयारी

काठमाडौँ - कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । माओवादी आज सरकारबाट बाहिरिने भएको हो । माओवादी सरकारबाट बाहिरिएसँगै नेकपा एमालेकातर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।

आज प्रदेश पार्टी पदाधिकारीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ । बैठक लगतै मन्त्रीहरूले राजीनामा दिने तयारी भएको जानकारी दिइएको छ ।