images

टी–२० विश्वकप: पपुवा न्युगिनीले युगान्डालाई दियो ७८ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले युगान्डालाई ७८ रनको लक्ष्य दिएको छ । समूह सीमा रहेका यी दुवै टिम पहिलो जितको खोजिमा छन् । टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सवै विकेट गुमाएर ७७ रन बनायो । पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५ रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे ।


युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।
 

बिहीबार २३ जेठ २०८१ ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया