images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ ।बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार हुँदा मंगलबार डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो । 
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४पैसा रहेको छ।बरधबार युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको थियो । 
आज बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ र बिक्री दर १७० रुपैयाँ ७० पैसामा झरेको छ । बुधबार युरोएकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसामा कारोबार हुँदा मंगलबार पाउण्डको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको थियो । 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७पैसामा कारोबार भैरहेको छ । 
 

बिहीबार २३ जेठ २०८१ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया