काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ ।
आजको बैठकमा समितिले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझावमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ । उक्त समितिले छलफलका लागि वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीलाई बोलाएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया