कोशी प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौँ - कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

मंगलबार बिहान बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यसैबीच, माओवादीका दुई जना मन्त्रीले राजीनामा र दिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्। माओवादी केन्द्र सरबारबाट बाहिरिएसँग मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा परेको छ ।