"नयाँ ढंगले नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याउँछ" : मुख्यमन्त्री जमकट्टेल

 
काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकासलाई महत्वमा राखेर नयाँ ढंगले नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।

शुक्रबार माहांकाल गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रदेश सरकारले अवको बजेटमा जनतालाई विकासको अनुभूत गराउने गरी शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी जस्ता पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नयाँ खालको नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए ।