images

६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामाकुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा  पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको उल्लेख छ । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ५ अर्ब ५२ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमासोही अवधिमा २२.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यो आ.व.को ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० पुगेका छन् । साथै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ जना रहेकाछन् । अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति रपुनः श्रम स्वीकृति लिनेको नेपालिको संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।
 

मङ्गलबार २३ माघ २०८० ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया