images

प्रत्यारोपण केन्द्रमाभइरहेको अनियमितताअन्त्यको मागगर्दै प्रशासनमा ज्ञापन

भक्तपुर ।भक्तपुरको शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमाभइरहेको वेथितिविरुद्ध आन्दोलनरत स्थानीयबासीले जिल्लाप्रशासनकार्यालय भक्तपुरलाई ध्यानाकर्षण पत्रबुझाएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथितितत्कालअन्त्य गर्न मागगर्दै विहीबार प्रशासनकार्यालयमाध्यानाकर्षण बुझाएकाहुन् । विगतलामो समयदेखि केन्द्रमाभइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिकतथालिखित रूपमै अवगत गराउँदै आएको भएपनिहाल मुटु सम्बन्धीउपचार नभरहेको र दैनिकदुईदेखि चारजनानागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदापनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथिगम्भीर प्रश्न उठेको आन्दोलनकारीको भनाइ छ । केन्द्रमा सरकारले मुटुकै उपचारको लागिअर्बौ रकमलगानी गरिसकेको छ । साथै वार्षिक करोडौंको रकम परिचालनभई रहेको अवस्थामानागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगततथामनोमानी ढंगले देखावटी खर्चको लागिमात्रभइरहेको उनीहरुको भनाई छ । ‘कलेजो प्रत्यारोपण सम्बन्धीउपचारमा पनिअर्बौ रुपैया खर्च भइसक्दा  र सात वर्ष वितिसक्दापनिशल्यक्रिया गर्नको लागिभारतबाट विज्ञ शल्यचिकित्सकहरुको टोलीबोलाई मोटो रकमदिई गर्नुपर्ने बाध्यात्मक स्थितिको सृजना गरिएको छ । यस्ता बेथितिको यथाशक्यअन्त्य गराउनुहुनपनिध्यानाकर्षण गराउन चाहन्छौ र कतिपय अपरेशन गर्न नपर्ने बिरामीहरुलाई पनिप्रत्यारोपण गर्न लगाउने आर्थिक चलखेलकालागिशल्यक्रिया गर्नपर्ने अवस्थाका जटिल बिरामीहरुलाई पनि यस केन्द्रमा शैल्यक्रियानगरी भारतकामहंगा अस्पतालहरुमा चर्को कमिसनअसुल गर्नका लागि पठाउने गरिएको सुनिएको पनि यसैपत्रमार्फत ध्यानाकर्षण गराउन चाहन्छौं,’ पत्रको अगाडि भनिएको छ, ‘केन्द्रमाभएका विज्ञ चिकित्सकहरुलाई काम गर्न नदिने महंगा मेसिन उपकरणहरु थन्क्याएर राख्ने अनि स्थायीचिकित्सकहरुलाई विभिन्नकपोकल्पित निराधार आरोप लगाई सेवाबाट हटाउने र जनताले पाउनुपर्ने विशिष्ट विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्यउपचार पाउनुपर्ने हकबाट वचित गरी ज्यानै गुमाउनु परेको जस्तो संवेदनशील समस्याहरु भक्तपुर नागरिक सरोकार समाजगम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’ पत्रमाभनिएको छ । यसअघि स्थानीयले बुधबार स्थानीयबासीले अस्पतालको गेट अगाडि आन्दोलन गरेका थिए । अस्पतालमाकर्मचारी नियुक्ति, चिकित्सकीयजिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमाआफूखुशी गरेको भन्दै आन्दोलन गरेका थिए । भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनीतरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्बपुनरबहाली गर, मुटु, कलेजो, मृर्गौलाफोक्सो तथानशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर,सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर ,कर्मचारीहरूको रोकिएको तलब सुविधातुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए । ६० वर्ष उमेरहद नाघिसक्दापनि मानवअंगप्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशकनियुक्तभएका डा.पुकारचन्द्र श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनिआन्दोलन गर्दै आएकाथिए । कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधनगर्दै चार वर्षका लागिनियुक्तिहुँदा उमेर हदनलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ । विशेषगरी अस्पतालका विशेषज्ञ डाक्टरहरुको मनोबल गिरेको, बेथितिभित्रिएको र उपकरणहरु थन्क्याएर विरामीको उपचार प्रभावितभएको भन्दै स्थानीयले आन्दोलन समेत गर्दै आइरहेका छन् । ६० वर्ष उमेरहद कटेका कार्यकारी निर्देशकश्रेष्ठविरुद्धको मुद्दा सर्वोच्च अदालतमाविचाराधिन छ । उमेर हदलम्ब्याउने गरी सरकारले गरेको गठन आदेश संशोधन गर्न मागगर्दै सर्वोच्चमा रिट दायर भएको हो । पछिल्लो पटक तेस्रो कार्यकालकालागि डा श्रेष्ठ २०७८ असोज ६ मा मानवअंगप्रत्यारोपण केन्द्रको निर्देशकमापुनःनियुक्तभएकाथिए । तर नियुक्ति र उनकाक्रियाकलापएकाधिकारपूर्ण भएको भन्दै अस्पतालका कर्मचारी मात्रनभइ स्थानीयबासी समेत रुष्ट छन् । स्थानीयले पटक पटकआन्दोलन गर्दै आइरहेका छन् ।
 

बिहीबार २० भदौ २०८१ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया