images

सुरु भयो तिज ःआज दर खाने दिन

काठमाडौं । नेपालीहिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुपआज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपालीहिन्दु नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिनआज दर खाइन्छ । माइतीपक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमाविशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतकादिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदाबर्तालुकालागिअझ आडिलो हुने अनुभवीको भनाइ छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आजबर्तालुहरूले शक्तिप्राप्तिकालागि मीठा एवं आडिलो परिकार दरका रूपमाखाइमङ्गलबारको व्रतकालागिपूर्व तयारी गर्छन् ।
विशेषगरी माइतीएवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिकगर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएकादुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
 

बिहीबार २० भदौ २०८१ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया