images

काभा वुमन्स लिगमा नेपाल इरानसँग पराजित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । घरेलु टिम नेपाललाईइरानल ३–२ ले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । 
आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो ।  
पहिलो, तेस्रो र पाँचौं सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो । नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो । नेपालले ४–० को अग्रतासहित सुरु गरेको दोस्रो सेट २५–१६ ले जित्यो ।
तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६–२ को अग्रता लिँदा इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कदै ११–१० को स्थितिमा ल्यायो । उक्त सेट इरानले २५–२३ ले जित्यो । चौथो सेट नेपालले  २५–१५ ले  जित्यो । पाँचौं सेटमा १५–१३ ले इरानले जितेको हो ।
यसअघि नेपालले  श्रीलंकालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको इरानले  दोस्रो खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।नेपालको यो भने पहिलो हार हो ।
 

सोमबार २१ साउन २०८१ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया