आजको मौसम : शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने 

 काठमाडौँ - शनिबार देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।