images

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोवार भएको सुन शुक्रबार १ सय  रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय  रूपैयाँमा कारोवार भइरहेको  छ।  
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
 त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
 

शुक्रबार​ २१ असार २०८१ ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया