images

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुदकै इतिहासमाएन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । 
राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणा अनुरुपअन्यमुलकुमाझै नेपालमापनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदानदिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको हो ।
विभिन्नजातजाती र भौगोलिकअवस्थाअनुसार खेलाडीको क्षमतापहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेरसमूहकायुवाहरुको शारीरिक बनोटको पहिचान गरी उनीहरुलाई उपयुक्तहुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीप्रदेशको विभिन्नजिल्लामा अनुसन्धान गरिएको थियो ।
राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)कानिर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायकप्रथमशिवराजभट्टको टोलीले स्थानियसंग समन्वय गरी अनुसन्धान गरेको हो ।
सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेशको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथाबागमतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो । 
अनुसन्धानमाथारु, मगर, ब्रहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेरसमूहका ८ सय ५० बालवालिका समावेश  थिए ।
सोही टोलीले सो अनुसन्धानकाक्रममा सातैं प्रदेशकाविभिन्नजिल्लामा परम्परागत खेलको अनुसन्धानपनि गरेको थियो । कुन स्थानमाकुन÷कुन परम्परागत खेल खेलिदै आएको छ भन्ने तथ्यांक संकलन गरी सो क्षेत्रमाउक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशकतिमल्सिनाले बताए । 
यसकालागि २५ देखि ८५ वर्ष उमेरसमूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयकाप्राध्यापकतथापदाधिकारीहरुको समूहबाट परम्पारगत खेलकाविषयमाजानकारी लिइएको थियो ।
टोलीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार प्रतिवेदनबुझाएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँआयामथप्ने विश्वास व्यक्तगर्दै राखेपले कार्य योजनातयार गरी अगाडि बढ्ने बताए ।
‘नेपाली खेलकुदमा यो एउटा विल्कुलै नयाँअभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमानयाँआयामथप्ने विश्वास छ । आशा छ क्षमताभएर पनि कसैको नजरमा नपरेका क्षमतावान खेलाडी अगाडि आउने छन् ।’ सदस्य–सचिव घिसिङले भने– ‘आगामीदिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउदै लैजाने छौं ।’
सदस्य–सचिव घिसिङले नेपालमा खेलिने परम्परागत खेलको पनितथ्यांक संकलन गर्नु महत्वपूर्ण भएको बताउदै यसले नेपालमा खेलिने मौलिक खेलहरु के के हुन्, कहाँकहाँ खेलिन्छन् र कुनअवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताए ।
 

शुक्रबार​ २१ असार २०८१ ०३:४२ PM मा प्रकाशित

प्रतिक्रिया