images

बढ्यो डलर, पाउण्ड र युरोको भाउ 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ ।मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो । 
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९पैसा रहेको छ।मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७पैसा तोकिएको थियो।
आज बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा झरेकामा सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसामा कारोबार भैरहेको छ । 
 

बुधबार २२ जेठ २०८१ ०७:३१ AM मा प्रकाशित

प्रतिक्रिया