images

बढ्यो,डलर,पाउण्ड र युरोको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजका (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको छ ।
बिहीबार डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा कायम रहँदा बुधबार भने डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।  त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा पुगेको छ । बिहीबार यूरोको खरिद दर१४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो । 
आज बेलायती पाउण्ड एकको खरिद दर१६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको छ । बिहीबार पाउण्डको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो । 
शुक्रबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बिहीबार रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसाले कारोबार भएको थियो । 
 

शुक्रबार​ २३ चैत २०८० ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया