images

अरुणिमामा हजुरबुबा हजुर बुबाआमा सम्मान कार्यक्रम

 भाद्र १९, काठमाडौं । काठमाडौँको बौद्धस्थित अरुणिमा माध्यमिक विद्यालयले पितृ सम्मानको अवसरमा हजुरबुबा हजुरआमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नर्सरी र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका हजुरबुबा तथा हजुरआमाहरूलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई विद्यालयका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गर्नुभएको थियो भने प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै प्रतिष्ठान सल्लाहकार तथा वरिष्ठ साहित्यकार विजय चालिसेले प्रतिष्ठानले धर्म संस्कृतिलाई जीवन्त तुल्याउने कार्यक्रम आयोजना गरी आधुनिक युगका बालबालिकालाई हजुरबुबा र हजुरआमाप्रति माया, स्नेह र इज्जत गर्ने वातावरण सिर्जना गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।  जम्मा २८ जना व्यक्तित्वहरू सम्मानित समारोह विद्यार्थीहरूका नृत्य तथा साङ्गीतिक प्रस्तुतिले थप रोचक बनेको थियो ।

बुधबार १९ भदौ २०८१ ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया