images

बुधबार नेप्से ९० दशमलव ७३ अङ्कले घट्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार घटेको छ। नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको हो । आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँमा कारोबार भएका छन् । आज नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यपार, अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ ।
 

बुधबार १९ भदौ २०८१ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया