images

काभामहिलाभलिबलः  आज नेपाल र इरानबीचप्रतिस्पर्धा 

काठमाडौं । काठमाडौंमा जारी काभामहिलाभलिबल नेसन्स लिगमाआइतबारनेपाल र इरानबीचप्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमाहुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। नेपालआफ्नो अपराजितयात्राकायमै राख्न चाहान्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमाभारतमाथि ऐतिहासिकजितनिकालेको नेपालीमहिला टोलीउच्चमनोबलमा छ। इरानभने घरेलु टोली नेपाललाई स्तब्धपार्दै अंकतालिकाको दोस्रो स्थानमाउक्लने लक्ष्यसहित मैदानप्रवेश गर्नेछ । लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरानपनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७अंकमातालिकाको शीर्ष स्थानमा छ। २ खेलबाट १ अंकबनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंकविहिनमालदिभ्स भने अंकतालिकाको पुछारमा छ । नेपालले लिग चरणको पहिलो खेलमाश्रीलंकालाई सोझो सेटमा पाखालगाएको थियो । दोस्रो खेलमाभने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो । इरानले भने शनिबार नै भएको खेलमामालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जितनिकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजितभएको थियो । 
 

आइतबार​ २० साउन २०८१ ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया