images

अस्थिर सरकारको विजारोपण भएको सुदूरपश्चिम ः दुई वर्षमा चार सरकार 

गोदावरी, कैलाली । सुदूरपश्चिमप्रदेशमाआइतबार नयाँ सरकार गठन हुँदै छ । गतशुक्रबार नेकपाएकिकृत समाजवादीबाट मुख्यमन्त्रीबनेका दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखनजिर मियाँले आज साँझ ५ बजेसम्मदाबी पेस गर्न समय दिएकाथिए । गतअसार १७गते संघमा संसदकादुई ठुला दल नेपालीकांग्रेस र नेकपाएमनलेले सत्रा सहकार्य गर्ने निर्णय गरेसँगै सोडारी अल्पमतमा परेका थिए । कांग्रेस–एमालेबीच सुदूरपश्चिम सरकारको नेतृत्वकांग्रेसले गर्ने सहमतिअनुसार नेपालीकांग्रेसले आजदाबी पेस गर्न लागेको बताइएको छ । सुदूरपश्चिमप्रदेशमा ५३ जनाप्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँकांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यीदुई दलमात्रै मिल्दापनिबहुमत पुग्छ । आज साँझ सम्म यीदुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने शूत्रले जनाएको छ । मुख्यमन्त्रीकालागिकांग्रेसभित्रहानथापचलेको छ । नेपालीकांग्रेस संसदीयदलका नेताकमलबहादुर शाह, सभापति शेरबहादुर देउवाकाभतिजाप्रकाश देउवा र बहादुर सिंह थापाले दाबी गरेका छन् । यद्धपी, सभापति देउवाले शाहलाई समर्थन गर्न निर्देशनदिएअनुसार देउवा र थापाले समेत शाहलाई समर्थन गरिसकेको बताइएको छ । नेपालीकांग्रेसले यसको औपचारिक निर्णय गर्न बिहान ११ बजेका लागि संसदीयदलको बैठक आह्वान गरेको छ । उक्त बैठकमा मुख्यमन्त्री को बन्ने र नवगठित सरकारमा सहभागिहुने मन्त्रीहरुको समेत टुंगो लगाउने बताइएको छ । यताएमालेले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्न बाँकी छ । त्यसैगरी अन्तिम समयमानागरिक उन्मुक्रि पार्टी समेत सरकारमा सहभागिहुने बताइएको छ । अस्थिर सुदूरपश्चिमको चौथो सरकार 
वि.स. २०७४ सालको निर्वाचनपछि नेकपामओवादी केन्द्रकात्रिलोचनभट्टले पुरै कार्यकालमुख्यमन्त्रीचलाएकाथिए । तर अहिले २०७९ को निर्वाचनपछि दुई वर्षको अवधीमा योसहित चार सरकार गठन भइसके । २०७९ पौष २७गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमाएमाले संसदीयदलका नेता राजेन्द्र सिंह रावलमुख्यमन्त्रीनियुक्तभएकाथिए ।रावल सरकार एक महिनाभन्दा बढी टिक्न सकेन । उनले विश्वासको मत नपाएपछि सरकार ढल्यो ।त्यसपछि ठुलो दलको हैसियतले कांग्रेस संसदीयदलका नेताकमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री बने । यताकेन्द्रमा फेरी राजनीतिक फेरियो । कांग्रेस बाहिरिएर एमाले भित्रिँदायताप्रदेशकाकाँग्रेसका मुख्यमन्त्री पद जोखिममा परेको थियो । एमाले माओवादी र नेकपाएकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पनि एक महिना सम्म सरकार जोगाउने उनले ठुलै कसरत गरे ।नेपालकालागि संघीयता कार्यान्वयनको पाटो कतिकमजोर बनेको छ भन्न सुदूरपश्चिम हेरे पुग्ने संविधानकाजानकारहरु बताउने गरेका छन् । यताप्रदेशखारेजीको मुद्दा उठाउँदै आएका राजनीतिकदललाई समेत सुदूरपश्चिमको राजनीतिकअस्थिरताले अझ बल पुगेको छ । 
 

आइतबार​ २० साउन २०८१ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया