काठमाडौं । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तगर्त भोटो जात्राआज देखाइँदैछ । गुठी संस्थानकाअनुसार, रातो मच्छिन्द्रनाथको रथका चारै कुनामाउभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानकाअनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थितिहुने छ । भोटो देखाएपछि करिब तीनमहिनादेखि जारी रथजात्रा सम्पन्नहुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छमहिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रावैशाखशुक्लप्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हातअग्लो रथ बाजागाजा सहितललितपुरका टोलहरूमा परिक्रमा गराइन्छ । विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमाहिन्दू तथाबौद्ध धर्मावलम्बी मनाउँछन् । १२वर्षसम्म अनिकाललागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ । पछिल्लो समय गुठी संस्थानललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमाभोटो देखाउने जात्रा गरिँदै आएको छ।
यो जात्राहेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल उपस्थितहुनेछन् । यस अवसरमा सरकारले आइतबार उपत्यकामा सार्वजनिकबिदादिएको छ ।
प्रतिक्रिया