स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न अस्पतालको अनुगमन, उत्कृष्टलाई पुरस्कार दिइने

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतलमा अनुगमन गरेको छ ।
 बिहीबार मन्त्रालयले अनुगमन टोली बनाएर महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल भक्तपुर नागरिक कम्युनिटी अस्पताल भक्तपुर लगाएतका अस्पतालमा अनुगमन गरेको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले भने स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमनका लागि पुगेको थियो । सो क्रममा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भएरनभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्थाका विषयमा व्यवस्थापनसँग जानकारी लिएका छन् ।