images

तराईमा हावाहुरीसहित ६ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमानमहाशाखाले जनाकारी दिएको छ । यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाहल्का वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर  केही स्थानहरूमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ । आज रातिदेशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशभर  केही स्थानहरूमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र लुम्बिनीप्रदेशका एक–दुई  स्थानमाभारी  वर्षाको पनि सम्भावना रहेको छ । साथै कोशी, मधेस र लुम्बिनीप्रदेशका तराईका केही स्थानहरूमाहावा हुरीको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कताअपनाउनमहाशाखाले अनुरोध गरेको छ ।
 

आइतबार​ २० साउन २०८१ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया