आजको बिदेशी मुद्राको बिनिमय दर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज शुक्रबार साउन १९ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमय दर सार्बजनिक गरिएको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा कारोबार हुनेछ ।

राष्ट्र बैंककका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६५ रुपैयाँ कायम गरिएको छ ।

कोरियन सय वन को १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर १ को १२ रुपैयाँ २९ पैसा हुदाँ बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुनेछ ।

बहराइनको दिनार १ को खरिद गर्दा ३५० रुपैयाँ २८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को ४२९ रुपैयाँ २८ पैसा र विक्रीदर ४३१ रुपैयाँ २३ पैसा, युएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९५ पैसा, कतारी रियाल १ को ३६ रुपैयाँ २६ पैसा कायम गरिएको राष्ट्रबैंकले जनाएको छ ।