images

डेंगुको संक्रमणबढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

काठमाडौं । देशभर डेंगुको संक्रमणबढ्दै गएको छ । इपिडिमियोलोजितथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)काअनुसार देशका७३ वटाजिल्ला संक्रमणपुष्टिभएको छ । 
७३ जिल्लामा एक हजारभन्दाबढीमाडेंगु सङ्क्रमणपुष्टिभएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामाडेंगु पुष्टिभएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमाउल्लेख छ ।
डेंगु संक्रमणबाट सबैभन्दाबढीबागमतीर कोशीप्रदेशमापुष्टिभएको छ ।इडिसिडीको तथ्यांकअनुसार कर्णलीप्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लागरी चार जिल्लामा डेंगु पुष्टिभएको छैन ।  
काठमाडौं र झापामा सबैभन्दाबढी डेंगु पुष्टिभएको छ । काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु पुष्टिभएको छ ।
गतवर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टिभएको थियो । चिकित्सकाअनुसार डेंगु हुनबाटबच्ने एक मात्रउपायभनेको लामखुट्टेको टोकाइबाटबच्ने हो ।


 

बिहीबार २० असार २०८१ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया