काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्रीएवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बनगर्दै कार्यवाहकमहामन्त्रीको जिम्मेवारी सहमहामन्त्रीकवीन्द्र बुर्लाकोटीलाई दिएको छ।
बैठकले प्रवक्ताको जिम्मेवारी भने नेतामनिषझालाई दिएको छ। रास्वपाले पार्टीको अनुशासन र विधिको पालनानगरेको महामन्त्री ढकाललाई सात दिनकालागिनिलम्बन गरेको बैठकपछि सार्वजनिक निर्णयमाउल्लेख गरिएको छ।
महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांशउपस्थितकेन्द्रीय सदस्यले बैठकको लाइभनगर्न भनेपछि उनले मुखमापट्टीबाँधेर बैठकमा विरोध जनाएकाथिए ।
ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हकजमाएर बसेको आरोप लगाउँदै आएका छन् ।
रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमापनिउनले प्रश्न उठाएका छन् ।उनले तयार पारेको प्रतिवेदन पार्टीले सार्वजनिक गर्न नमानेपछि उनले सभापतिप्रतिआक्रोश व्यक्त गरेका हुन् ।
प्रतिक्रिया