images

विश्वकपविजेताभारतीय टोली स्वदेश फिर्ता

काठमाडौं । टी–२० विश्वकप२०२४ को उपाधिजितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ । 
बार्बाडोसमाफाइनलमा दक्षिण अफ्रिकालाई पराजितगर्दै उपाधिजितेको भारतीय टोलीत्यहाँआएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो ।
विश्वकपविजेताभारतीय टोलीलाई भारत ल्याउनकालागिबीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो ।  
भारतीय टोलीका खेलाडीहरु स्वदेश फर्किए पछि उनीहरुको विमानस्थलमै समर्थकहरुले भव्य स्वागत गरेका छन् ।
भारतीय टिम विशेष उडान बिहानपौने ७ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो । खेलाडीलाई स्वागत गर्नका लागि समर्थकहरु भने विहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।
कप्तान रोहितशर्माले एयरपोर्टमा नै समर्थकहरुलाई टी–२० विश्वकपको ट्रफी देखाएकाथिए । भारतीय टिम अहिले होटेलमापुगेको छ । 
आजै बिहान ११ बजेपछि भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकपविजेता खेलाडीहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने खेलाडीहरु भिक्ट्री परेडमा पनि सहभागीहुने छन् । उक्त परेडका लागि खेलाडीहरु मुम्बईको वान्खडे स्टेडियम पुग्ने छन् । 

बिहीबार २० असार २०८१ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया