images

सुरक्षाकोषमा साढे ५७ अर्बभन्दा बढी योगदान रकम संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या १४ लाख ५६ हजार नाघेको छ । योगदान रकम साढे ५७ अर्बभन्दा बढी संकलनभएको तथ्यांक कोषमातथ्यांक छ ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमाआएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा साढे ५७ अर्बभन्दा बढी संकलनभएको हो ।
वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्रकाम गरिरहेकाहरूले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ ।
कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकमपनि बढेको हो । सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकम ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँपुगेको सामाजिक सुरक्षा कोषले बताएको छ ।
जेठ महिनामामात्रै दुई अर्ब ५२ करोड ८१ लाख रुपैयाँ संकलनभएको कोषले सार्वजनिक गरेको तथ्यांकमाउल्लेख छ । वैशाखसम्म योेगदान रकमबापत ५५ अर्ब तीन करोड रुपैयाँ संकलनभएको थियो ।
चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्म योगदानबापत ४२ अर्ब ८५ करोड ५७लाख रुपैयाँ संकलनभएको थियो । आर्थिक वर्षको ११ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढी रकम संकलनभएको छ ।
योगदानमाआधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिकपारिश्रमिकभुक्तानीगर्दा आधारभूतपारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
कोषले सातवटै प्रदेशका स्थानीयतहसँग सम्झौता गरी अघि बढ्ने क्रममा योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि हुँदै गएको हो । 
 

बिहीबार २० असार २०८१ ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया