images

क्यानकोकेन्द्रीयकार्यसमिति बैठक बस्दै, विश्वकप समिक्षामुख्य एजेण्डा 

काठमाडौं । नेपालीक्रिकेटको सर्वोच्च संस्था नेपालक्रिकेट संघ क्यानको केन्द्रीयकार्यसमितिको बैठक आज बस्दै छ । 
आजबिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो । 
बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । नेपालीक्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामाआयोजनाभएको आइसीसी टी २० विश्वकपको समिक्षा, उक्तविश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ । 
यसैगरी सन्दीप लामिछानको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ । सन्दीपले अमेरिकाको भिसापाएकाथिएनन् । दुई पटक अन्तर्वार्ता दिँदापनिभिसा अस्वीकृत भएको थियो । 
यसैगरी, पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपालप्रिमियर लिगएनपीएलको दोस्रो संस्करण आयोजनाकाबारेमा पनिआजको बैठकमा छलफल हुने बुझिएको छ । 
टियु मैदानमा रहेको जिमहलविस्तार र पीचको माटो भण्डारण क्षेत्रको विषयमापनि छलफलका  एजेन्डा तय गरिएको छ । 
यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमापनि छलफल हुने छ भने राष्ट्रिय छनोट समितिको सुविधाकाविषयमापनि छलफलको एजेन्डामा तय गरिएको छ । 
महिलाको टी २० एसियाकपको सहभागिताका साथै कर्मचारीहरुको प्रशासनिकनियमावलीपनिपारित गर्ने एजेन्डामा समावेश गरिएको छ ।
 

बिहीबार २० असार २०८१ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया