images

उपत्यकाव्यापी कराते आज

काठमाडौं । विद्याआर्जन सितोरियो शाखा डोजोको आयोजनामापाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताआजहुने भएको छ ।प्रतियोगितामाएकलकातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्षएवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् । प्रतियोगितामाकरिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।शीर्ष ३ स्थानमा रहने टिमसंगै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई नगद पुरस्कार पनिप्रदान गरिने छ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरको आदर्श चोकस्थितविद्याआर्जन माविमाहुनेछ ।गत संस्करणमा लूभु डोजो टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
 

बिहीबार १७ असोज २०८१ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया