images

बाढीपहिरोप्रभावितक्षेत्रमा सरकारको योजनाबद्ध पहलपुगेन ः प्रचण्ड 

काभ्रे ।पूर्वप्रधानमन्त्रीएवं नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहलनपुगेकाले उद्धार, राहत र पुनस्र्थापनाको प्याकेज कार्यक्रमतत्काल अघि सार्न सरकारको ध्यानार्षण गराएका छन् । काभ्रे जिल्लाकाविभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि अध्यक्षदाहालले प्रभावित क्षेत्रको स्थिति भयावह रहेकोबताए । उनले अझै पनिकेहीनागरिक वेपत्ता रहेको, केहीनागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमाखाद्यवस्तुलगायतआधारभूतमानवीयआवश्यकता परिपूर्ति हुननसकेको आरोप लगाए । स्थानीयप्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भएपनि केन्द्रको योजनाबद्ध कामअझै पर्याप्त रुपमाप्रभावितस्थलमापुग्ननसकेको उनले स्पष्ट पारे । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्कउपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युतआपूर्ति, सञ्चार सम्पर्कलगायतकाअत्यावश्यकीयविषयमा सरकारको ध्यानपुग्ननसकेको भन्दै यीकामकालागि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीयअधिकारी र नेताकार्यकर्ताहरुलाई धन्यवाददिंदै आफूले प्रमुखप्रतिपक्षीदलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताए । 
 

बिहीबार १७ असोज २०८१ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया