images

काभा नेसन्स लिगः आज नेपाल र भारतबीचप्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारीकाभामहिलाभलिबल नेसन्स लिगमाआज नेपाल र  भारत भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमाहुने आजको पहिलो खेलमायीदुई टोलीआमनेसामने हुनलागेका हुन् ।  यो खेलदिउँसो ३ बजेपछि सुरु हुनेछ। लिग चरणमा एक खेलमात्र खेलेको नेपालको खातामा ३ अंकमात्र छ। नेपालले लिगको उद्घाटन खेलमाश्रीलंकामाथि ३–० को सोझो सेटमा जितहातपारेको थियो । लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमातालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयीभएको भारतले लिग चरणको दोस्रो खेलमामालदिभ्सलाई सोझो सेटमा पाखालगाएको थियो । जारी लिगमाभारत नेपालकालागिबलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथिभारतीय टोलीहाबीहुँदै आएको छ। सन् २०१९ मा घरेलु मैदानमाभएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो । त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजाहो । तर पनिनेपाल सागमाभारतसँग पराजितभएको थियो । त्यस्तै, आजहुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन् । सोही कभर्डहलमाहुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ । 
 

शनिबार १९ साउन २०८१ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया