images

वडाध्यक्षले सनाखत गरिदिएपछि ७६ वर्षमा पाइन् भुजीकीशान्तिमायाले नागरिकता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७भुजीकीशान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपालीनागरिकताको प्रमाणपत्र पाएकी छिन् । २००५ सालमाजन्मिएकी सुनुवारले सनाखतबसिदिने आफन्त कोहीनहुँदा७६ वर्षसम्म नेपालीनागरिकताको प्रमाणपत्र पाउन सकेकीथिइनन् । नजिककाआफन्तकोहीनभएका र जग्गाजमिनपनि केहीनभएकी सुनुवारको नागरिकताबनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँकार्यपालिका सदस्यमनिता सुनुवार सनाखत बसेर नागरिकताबनाइदिएकाहुन् । यस अघि पनि सुनुवारको नागरिकताबनाइदिन पटक पटकप्रयास गरेको भएपनितत्कालीनप्रमुखजिल्लाअधिकारीहरूले नमानेको कारण नागरिकताबनाइदिननसकेको वडाध्यक्ष नेवारले बताए । तीमहिलाको विषयमा सबै कुरा बताएपछि प्रमुखजिल्लाअधिकारी अनिता निरौलाले सबै बेहोरा खोलेर ल्याउन र वडाध्यक्षलाई सनाखतबसिदिनभनेपछि नागरिकता बनेको श्रेष्ठले बताए । ‘तीमहिलाकादिदी र बहिनीहरू रहेछन्, उनीहरु पहिला नै विवाह गरेर बाहिर गएका, बाबु–आमा मरिहाले, दाजु–भाइ कोहीनभएका, जग्गाजमिनपनि केहीनभएको, कहिले कसकोमा, कहिले कसकोमा बसेर कामगर्दै खाँदै आएकी, अब वृद्ध अवस्था भएपछि समस्या र्पयो, नेपालीनागरिकताबनाइदिनपाएकम्तीमा राज्यले दिने ज्येष्ठ नागरिक भत्ता त आउँथ्यो भनेर धेरै प्रयास गरियो, यस अघिका प्रमुखजिल्लाअधिकारीहरूले मान्नु भएन, अहिलेको प्रमुखजिल्लाअधिकारीले समस्याबुझ्नु भयो, बिहीबार उनको नागरिकताबन्यो’, नागरिकताबनाउनतीमहिलालाई साथमा नै लिएर सदरमुकाममन्थलीआएका नेवारले भने । बिहीबार नागरिकताबन्ने बित्तिकै शुक्रबार सामाजिक सुरक्षाभत्ताको लागिउनको फारामभरिदिएको नेवारले बताए । ‘यति भएपछि कम्तीमामहिनाको ४ हजार रुपैँया आउँछ, एकजनाको दुःख–सुख जीविका चल्छ’, नेवारले भने । शान्तिमायासँगै सोही वडाका तीन पुस्ताभित्रपरिवारका अन्य सदस्य कोहीनभएका ३०वर्षका धनराज सुनुवारले पनिबिहीबार नै नेपालीनागरिकताको  प्रमाणपत्र पाएका छन् । सनाखत बस्ने मानिस कोहीनभएको कारण उनको पनि नेपालीनागरिकता बनेको थिएन ।  उनको पनि वडाध्यक्ष नेवार र कार्यपालिका सदस्यमनिता सुनुवार सनाखत बसेर नागरिकताबनाइदिएका छन् । ‘धनराजको त बाबुको नामको जग्गाधनीपुर्जाथियो, नागरिकताबनाउन सहजथियो, तर शान्तिमायाको समस्या नै थियो, प्रमुखजिल्लाअधिकारीले समस्याबुझिदिएको कारण नागरिकताबन्यो’, उनले भने ।
 

शनिबार १९ साउन २०८१ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया