images

‘नम्बरी सुन’मानम्रता

काठमाडौं । नायिकानम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिजहुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझआउँदैछिन् । नम्रताकाअनुसार फिल्म ‘नम्बरी सुन’माउनी ग्रामीण सोझीयुवतीको भूमिकामा छिन् । ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमण्ड छैन । उसको प्रेम आफू भन्दातल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् । आफ्ना हरेकफिल्ममा फरक फरक चरित्र निभाउनचाहने नम्रतादर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेमप्राप्तिकालागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेमीकालागिकुनहदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन् । उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ । तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ । मैले यो फिल्ममा धेरै बोल्नु पनि परेको छैन । मेरो एक्सप्रेसिभक्यारेक्टर छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ’, नम्रता खुल्छिन् । उनीदर्शकले आफ्नो लागिभन्दापनिकथाकालागि ‘नम्बरी सुन’ हेर्नुपर्ने धारणा राख्छिन् । ‘मेरो लागिमात्रफिल्महेर्नुपर्छ भन्ने छैन । जुन कुरामा म विश्वास गर्दिनँ । दर्शकसँग समय छ र हलमागएर आनन्दले फिल्म हेन चाहनुहुन्छ भने तीदर्शककालागि ‘नम्बरी सुन’ एउटा राम्रो फिल्म बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा विशुद्ध नेपालीअग्र्यानिककथा छ । गाडी पनिनपुगेको गाउँमागएर हामीले एक महिना सुटिङ गरेका छौं । त्यो बेलाको यस्तो पनिहुँदो रहेछ भन्ने कुरा थाहापाउन यो फिल्म हेर्नुपर्छ ।’ नम्रताफिल्मका ‘प्रेमी’गौरव पहाडीको कामबाट प्रभावित रहिछन् । ‘गौरव काममाएकदमै गम्भीर छ ।फिल्मकालागि ऊ एकदमै क्यारेक्टरमा बस्नुपर्ने थियो । म चाहिँक्यारेक्टरमा बस्नु परेन । मैले गौरव, विनोदन्यौपानेबाट धेरै कुरा सिकें’, उनी भन्छिन् । नम्रता ‘नम्बरी सुन’बाट आशावादी सुनिइन् । ‘म हरेक फिल्मबाट आशावादी हुन्छु । किनभने फिल्मभनेको कथामनपरेर काम गर्ने हो । सँगै म आफ्नो क्यारेक्टरलाई मेहनत गरेको हुन्छु । अहिलेसम्म मैले जतिफिल्ममाकाम गरें, आफ्नो क्यारेक्टर मनपरेर नै गरेकीहुँ । त्यसकारण पनि ‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी छु’, उनले भनिन् । नम्रतालाई ‘डार्क’ किसिमको फिल्ममाकाम गर्ने इच्छा रहेछ । ‘मलाई अलिकति डार्क टाइपको फिल्म गर्ने इच्छा छ । मलाई डेप्थ किसिमको प्रेमकथामाकाम गर्न मन छ । सुटिङ गरेर घर जाँदामलाई आफैलाई पुगेकै हुँदैन । भोकाई रहेको बेलामाथोरैमात्रखानेकुरमा पायो भने कस्तो खुशी भइन्छ नि त्यस्तै खालको सन्तुष्ट हुने काम गर्ने इच्छा छ’, उनी भन्छिन्, ‘कतिवटा काम गरें । अझै गर्न बाँकी छ । तर मलाई त्यस्तो खालको कामआइदिएहुन्थ्यो, जहाँचाहिँ म एकदमै डेप्थमा बसेर काम गर्न पाउँ ।’
 

शनिबार १९ साउन २०८१ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया